दाङ – सनलाइट मोडेल स्कुलको २८ औं वार्षिकोत्सव तथा शिक्षा क्षेत्रको विकास र विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने लक्ष्यसहित लमहीमा ज्ञानज्योति मोडेल स्कुलको शनिबार भव्य उद्घाटन भएको छ । स्कुलको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीले शिक्षाको मुलभुत सिद्धान्तलाई सबैले अंगाल्नु पर्ने धारणा राख्नु भयो ।
शिक्षक भनेको डाक्टर हो, विद्यालयमा विभिन्न प्रकृतिका बालबालिका हुन्छन उनिहरु भित्रको चाहानालाई पहिचान गर्ने के बन्न के सिक्न चाहान्छन ? उक्त कुरा बुझेर उनिहरुलाई शिक्षा प्रदान गर्नु पर्छ’- उहाँले भन्नु भयो । सामाजिक संजाल बन्धन नभएर सिकाई र बुझाईको माध्यम हो भन्ने बुझ्न जरुरी छ, बालबालिकाको साथी संगत कस्तो छ भन्ने कुराको ख्याल राख्नु पर्छ, मनोसामाजिक परामर्श अत्यन्तै आवश्यक कुरा भएको उहाँले बताउनु भयो ।
राष्ट्रिय परिक्षा बोर्ड दाङका प्रमुख कमल अर्यालले ज्ञानज्योति मोडेल स्कुल लमही अब प्रदेशमा मात्र हैन राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा शिक्षाको विगुल फैलाउदै जानू पर्ने बताउनु भयो । अधिकांश विद्यार्थी परिक्षामा डराउने गर्छन तर अब बालबालिका परिक्षा आयो भन्दा रमाउने खालको शिक्षा प्रदान गर्न जरुरि रहेको उहाँको भनाई छ । आफू र आफ्ना बालबालिकालाई अनुशासनमा राख्न प्रमुख कमल अर्यालले अभिभावकलाई आग्रह गर्नु भयो ।
लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुल बहादुर केसीले लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा शिक्षण संस्था थपिदै जानु राम्रो पक्ष भएको बताउनु भयो । शिक्षामा प्रतिष्पर्धा हुन पर्छ, जति धेरै शिक्षण संस्था थपिदै जान्छन त्यति धेरै यो क्षेत्रको विकास हुन्छ’- केसीले भन्नु भयो । आधुनिक प्रविधिको प्रयोग, अनुभवी शिक्षकहरू र व्यावहारिक शिक्षण पद्धति विद्यालयको मुख्य आधार हो यो कुरालाई सबैले मनन गर्नु पर्ने केसीको भनाई छ ।
ज्ञानज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जिसीले ज्ञानज्योति मोडेल स्कुललाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन प्रतिबद्ध रहेको बताउनु भयो । विद्यार्थीहरूलाई सिर्जनशील र व्यावहारिक शिक्षामा आधारित बनाउने लक्ष्यसहित शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनु भयो ।
सनलाइट मोर्डन स्कुलका अध्यक्ष शेषमणी गौतमले ज्ञानज्योति मोडेल स्कुल शिक्षाको उज्यालो ज्योति फैलाउने अभियानका रूपमा अघि बढ्ने कुरामा विश्वास व्यक्त गर्नु भयो । उहाँले विद्यार्थीहरूलाई जीवनोपयोगी सीप, अनुसन्धानमुखी अध्ययन र नैतिक शिक्षामा आधारित कार्यक्रमहरू संचालन गरेर सबैको मन जितोस भन्दै शुभकामना दिनु भएको छ ।
ज्ञानज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जिसीको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण ज्ञानज्योति फाउन्डेसनका मिडिया को-अर्डिनेटर सन्तोष केसी र शिक्षक सोमराज बस्नेतले गर्नु भएको थियो ।
स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षा प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो भने लोक गायक अर्जुन सापकोटाले सांस्कृतिक प्रस्तुति दिएका थिए । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै भविष्यमा आदर्श शैक्षिक संस्थाको रूपमा उभिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्