शिक्षण प्रक्रियालाई आधुनिक र सरल बनाउने गोरखा मोडेल सेकेण्डरी स्कुलको लक्ष्य

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २१ चैत्र २०८१, शुक्रबार
7 Min Read
Aa

दाङ – लमही नगरपालिकामा अवस्थित गोरखा मोडेल सेकेण्डरी स्कुलले यस शैक्षिक सत्रदेखि कक्षा कोठाहरुलाई थप प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै, विद्यालयले प्रविधिको प्रभावकारी उपयोगमार्फत शिक्षण प्रक्रियालाई आधुनिक र सरल बनाउने लक्ष्य लिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिनु भयो ।

बिहिवार विद्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रविधिमैत्री कक्षा कोठा निर्माणका लागि आवश्यक डिजिटल उपकरण तथा सफ्टवेयरहरू जडान गरिनेछ । स्मार्ट बोर्ड, प्रोजेक्टर, कम्प्युटर, र उच्चगुणस्तरको इन्टरनेट जडान गरेर विद्यार्थीलाई डिजिटल शिक्षामा संलग्न गराइने योजना छ ।

विद्यालयका प्रधानाध्यापकले बताएअनुसार, “प्रविधिमैत्री कक्षाकोठाले विद्यार्थीलाई पुस्तकमै सीमित नरही अन्तरक्रियात्मक सिकाइतर्फ उन्मुख गराउनेछ। आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीको सृजनशीलता र आत्मविश्वास वृद्धि गर्न मद्दत गर्नेछ।”

प्रविधिको प्रभावकारी प्रयोगले विद्यार्थीलाई विश्वव्यापी स्तरको शिक्षासँग प्रतिस्पर्धा गर्न योग्य बनाउने विश्वास गरिएको छ । विद्यालय व्यवस्थापनले आगामी दिनमा प्रविधि-आधारित शिक्षालाई अझ प्रभावकारी बनाउन शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गर्ने योजना बनाएको छ । यो परिवर्तनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको भविष्य उज्ज्वल बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रधानाध्यापक रिजालले २०८०÷०८१ को शैक्षिक उपलब्धीको रुपमा स्कुलको स्थापना काल देखि देउखुरी क्षेत्रमा सर्वोत्कृष्ट नतिजा, गत वर्षको कक्षा ८, एसर्ईई र कक्षा १२ जना नतिजा तथा शैक्षिक उपलब्धी तथा अन्य अतिरिक्त क्रियाकलापलाई लिएको बताए ।

उनका अनुसार कक्षा ८ मा छात्र छात्रा दुवै तर्फ लमही नगर प्रथम, एसईईमा ए प्लस सहित ८ जना अर्थात ९७.३४ प्रतिशत पास हुन सफल भएको, कक्षा १२ को विज्ञान विषयमा छात्र छात्रा दुवै तर्फ ९४.८६ प्रतिशत सहित देउखुरी प्रथम र व्यवस्थापन विषयमा छात्र तर्फ जिल्ला द्धितीय एवं लमही नगरपालिका द्धितिय, तृतीय छात्रा तर्फ देउखुरी प्रथम, द्धितीय र तृतीय तथा २० जना ए प्लस ल्याउन सफल भएको बताए । भने आई ओ एम र आई. ओ.ई परिक्षामा पूर्ण छात्रवृत्तिमा १० जना, सशुल्कमा २० जना रहेको प्रधानाध्यापक रिजालले बताए । त्यस्तै सि.सि.ए तर्फ २०८०÷०८१ मा विभिन्न संघसंस्था तथा कार्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा समेत देउखुरी प्रथम, प्रथम, द्धितीय, देउखुरी द्धितीय, तृतीय, जिल्ला तृतीय, जिल्ला सान्त्वना, सान्त्वना स्थान हासिल गरेको समेत बताए ।

उनले शैक्षिकसत्र २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ सम्म र कक्षा ९ को नतिजा यहि चैत २३ गते भित्र प्रकाशन गर्ने, शैक्षिकसत्र २०८२ का लागि नयाँ विद्यार्थी भर्ना फारम वितरण चैत २१ ग्ते बाट र भर्ना प्रवेश परिक्षा वेशाख ६ गतेबाट गर्ने तयारी रहेको बताए । गोरखा ग्रुप दाङको नीति अनुरुप प्रतिकक्षा विद्यार्थी संख्या नर्सरी देखि युकेजी सम्म ३०, कक्षा १ देखि ५ सम्म प्रति कक्षा ३२ विद्यार्थी, कक्षा ६ देखि कक्षा ८ सम्म प्रति कक्षाा ३६ विद्यार्थी र कक्षा ९ देखि १२ सम्म प्रति कक्षा ३६ जना विद्यार्थी संख्या राख्ने प्रधानाध्यापक रिजालले बताए ।

स्कुलले शिक्षण सिकाइलाई प्रभावकारी र व्यवहारिक बनाउनको लागि तहगत रुपमा विभिन्न कार्यक्रम लागु गरेको तथा कार्यक्रमको प्रभावकारिताका लागि विभिन्न तहमा विषयगत र विषयक्षेत्रका विशिष्ट व्यक्तिहरुलाई विद्यालय सँग जोडेको प्रधानाध्यापक रिजालले बताए । पूर्व पाथमिक तथा प्राथमिक तहमा मन्टेश्वरी कार्यक्रम अन्तर्गत सिपिएस र सिपि आर एस कार्यक्रम, आधारभूत तहमा कक्षा शिक्षण एवं सृजनशिलता विकासका लागि परियोजना आधारित सिकाई र माध्यमिक तहमा शैक्षिक अवलोकन, परियोजना कार्य तथा जीवन उपयोगी परामर्श कार्यक्रम लागु गरेको उनले बताए । उहाँले विद्यार्थीका हस्तलेखन सुधारका लागी अक्षर सुधार लेखन, योगा र लागुऔषध दुव्र्यसन शिक्षा दिइरहेको बताए ।

विद्यार्थी स्वास्थ्य परामर्श तथा किशोर किशोरी स्वास्थ्य एवं प्रजनन शिक्षा, समय–समयमा कानुनी परामर्श साइबर अपराध, लैगिंक हिंसा विपत् व्यवस्थापन, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भइरहेको प्रधानाध्यापक रिजालले बताए । विद्यार्थीका सिर्जनशिलता, दक्षता एवं नेतृत्व विकासको लागी पिल्ड भिजिट, ग्रुप वर्ककिङ, रिपोर्ट राइटिङका लागी प्राथमिकता दिदै शिक्षण सिकाइ कार्यकलापलाई अगाडी बढाएको समेत प्रधानाध्यापक रिजालले बताए ।

त्यस्तै उनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाली सेनाका सन्ततीहरुलाई कल्याणकारी छात्रवृति प्रदान गर्दै आएको र सिपि नेपाल लगायत धेरै संस्थाहरु सँग सिफारिस अनुरुप बालबालिकालाई विद्यालयसम्म पंहुच बढाएको बताए । सो स्कुलमा ८ वटा भवनमा ६७ वटा कोठा, ६२ वटा शिक्षण कोठा, ३ वटा शौचालय, १ वटा चमेनागृह, १ वटा पुस्तकालय, २ वटा सटोर कक्षा, ५ वटा प्रशासनिक कोठा, ३ वटा ल्याव कोठा र ४ वटा भाडामा लिएको कोठा रहेका छन् । त्यस्तै प्ले ग्रुपमा ४९ जना विद्यार्थी रहेका छन् । भने नर्सरीमा २ वटा कक्षामा ६० जना, एल.के.जीमा २ वटा कक्षामा ६७ जना, यु.के.जी मा २ वटा कक्षामा ८८ जना, कक्षा १ मा ३ वटा सेक्सनमा १ सय ११ जना, कक्षा २ मा ४ वटा सेक्सनमा १ सय ३५ जना, कक्षा ३ मा ४ वटा सेक्सनमा १ सय ३६ जना, कक्षा ४ मा ४ वटा सेक्सनमा १ सय ४८ जना, कक्षा ५ मा ४ वटा सेक्सनमा १ सय ३९ जना विद्यार्थी रहेका छन् ।

त्यस्तै कक्षा ६ मा ४ वटा सेक्सनमा १ सय ५१ जना, कक्षा ७ मा ४ वटा सेक्सनमा १ सय ३६ जना, कक्षा ८ मा ४ वटा सेक्सनमा १ सय ४३ जना, कक्षा ९ मा ४ वटा सेक्सनमा १ सय ४६ जना, कक्षा १० मा ३ वटा सेक्सनमा १ सय २५ जना, कक्षा ११ विज्ञानमा ३ वटा सेक्सनमा १ सय २४ जना, कक्षा १२ विज्ञानमा ३ वटा सेक्सनमा १ सय ३३ जना विद्यार्थी रहेका छन् । त्यस्तै कक्षा ११ व्यवस्थापन ४ वटा सेक्सनमा १ सय ५९ जना, कक्षा १२ व्यवस्थापन ४ वटा सेक्सनमा १ सय ७९ जना गरि कुल छात्र संख्या १ हजार १ सय ७७ र छात्रा १ हजार ११ जना गरी कुल ५८ वटा सेक्सनमा कुल २ हजार २ सय ३० जना विद्यार्थी रहेका छन् ।

त्यस्तै कुल १ सय १४ जना शिक्षक कर्मचारी मध्ये ७ज्ञ जना पूर्णकालिन शिक्षक, ९ जना आंशिक शिक्षक र ३४ जना कर्मचारी रहेको विद्यालय प्रशासनले बताएको छ । डाटा विवरण पत्रकार ओमप्रकाश गुप्ता 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्