नयाँ वर्ष २०८२ सालले सबै नेपालीमा नयाँ आशा, ऊर्जा र आत्मबलको सञ्चार गरोस – सभापति पाण्डे

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि, उन्नति र प्रगतिको कामना गर्नु भएको छ । शुभकामना सन्देशमा सभापति पाण्डेले सामाजिक सद्भाव, राष्ट्रिय एकता र समुन्नत नेपालको आकांक्षालाई जोड दिनु भएको छ ।

नयाँ वर्ष २०८२ लाई आशा र सम्भावनाको वर्ष बनाउने दृढ संकल्प व्यक्त गर्दै, समृद्ध नेपाल निर्माणमा सबै नेपालीको ऐक्यबद्धता र योगदानको आवश्यकता रहेको उहाँको भनाई छ । “नयाँ वर्ष २०८२ सालले सबै नेपालीमा नयाँ आशा, ऊर्जा र आत्मबलको सञ्चार गरोस् । लोकतन्त्र, शान्ति र समृद्धिको यात्रामा हामी सबै एकजुट भई अघि बढ्न सकौँ।” सभापतिले देशको लोकतान्त्रिक मूल्य, विकास र समावेशी राजनीतिप्रति प्रतिबद्ध रहन कांग्रेसका नेता तथा कार्यकर्ता सबैलाई आह्वान समेत गर्नुभएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्