प्रेस युनियनद्वारा बिरामीलाई फलफूल वितरण

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १५ जेष्ठ २०८२, बुधबार
2 Min Read
Aa

दाङ – नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा प्रेस युनियन दाङ क्षेत्र नं. १ क्षेत्रीय समितिले लमही अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेर स्थापना दिवस विशेष ढंगले मनाएको छ । युनियनले आज बुधबार लमही अस्पतालमा एक कार्यक्रमको आयोजना गरि फलफुल वितरण गरेको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि रहेका लमही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् लमही अस्पताल व्यवस्थापन तथा संचालन समितिका सदस्य सुवास न्यौपानेले प्रेस युनियनको सामाजिक कार्यप्रति प्रशंसा व्यक्त गर्दै यस्ता क्रियाकलापले पत्रकारिता क्षेत्रमा मानवियताको सन्देश दिने बताए ।

त्यसैगरी नेपाल पत्रकार महा संघका केन्द्रीय सदस्य लिला शाहले सामाजिक कार्यले प्रेसको भूमिकालाई जनमैत्री बनाउने बताईन । प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूमा आत्मबल बढाउने प्रयास गरिएको बताए । लमही अस्पताल व्यवस्थापन तथा संचालन समितिका सदस्य अजय न्यौपानेले पत्रकारिता केवल सूचना सम्प्रेषणमा मात्र सीमित नहोस्, समाजप्रतिको संवेदना पनि बोकेर अघि बढोस् भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा लमही नगरपालिकाका कार्यपालिका सदस्य तुलसा विक, वडा नम्बर ४ का वडा सदस्य निमा सुनार, भोजराज चौधरी, लमही अस्पताल प्रशासन प्रमुख हरि खनाल प्रेस युनियनका क्षेत्रीय उपाध्यक्ष टेक बहादुर पुन, कौशल अधिकारी तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

फलफूल वितरण कार्यक्रममार्फत पत्रकारहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै बिरामीप्रति सहानुभूति व्यक्त गरेका थिए । नेपाल प्रेस युनियन दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सल्लाहकार दुख हरण यादवले स्थापना दिवसलाई सामाजिक सेवामार्फत अर्थपूर्ण बनाउन खोजिएको जानकारी दिए । नेपाल प्रेस युनियनले हरेक वर्ष आफ्नो स्थापना दिवस विभिन्न सामाजिक कार्यहरू गरेर मनाउँदै आएको छ ।

नेपाल प्रेस युनियन दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सल्लाहकार दुख हरण यादवको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवं लमही अस्पताल व्यवस्थापन तथा संचालन समितिका सदस्य सुबाश न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको नेपाल प्रेस युनियन दाङका सदस्य प्रिया स्मृती गजमेरले गरेका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्