विभिन्न मागसहित प्याब्सन र एन प्याब्सनद्वारा लमही नगरपालिकामा ज्ञापन पत्र बुझाइयो

दाङ समाचार
दाङ समाचार ३० श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

दाङ – निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले विभिन्न मागहरू राख्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख श्याम नारायण चौधरी र शिक्षा शाखाकी अम्विका शर्मालाई ज्ञापन पत्र बुझाएका छन्।

संगठनका अनुसार, आज बिहीबार देशभरका ७५३ वटै स्थानीय तहका प्रमुखमार्फत नेपाल सरकारको शिक्षा मन्त्रालयमा पुग्ने गरी सो ज्ञापन पत्र बुझाइएको हो।

ज्ञापन पत्रमा “निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाइने” भन्ने वाक्यांश हटाउनुपर्ने, “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाउनुपर्ने, हाल प्रचलनमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने, साथै छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने लगायतका मागहरू उल्लेख गरिएको छ।

ज्ञापन पत्र बुझाउने टोलीमा प्याब्सनका केन्द्रीय सदस्य रेशम बहादुर बुढा, एन प्याब्सन लमही नगर समितिका अध्यक्ष भक्त कुमार खनाल, प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसाल, लोकमान रिजाल, लगायत सहभागी थिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्