दाङ – देऊखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजना तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जको प्राविधिक सहयोगमा भोलि शुक्रबार लमहीमा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
संघका अध्यक्ष कमलजंग सिंह ठकुरीका अनुसार, अनुगमनका क्रममा व्यापारी व्यवसायीलाई जरिवानाबाट कसरी बचाउन सकिन्छ भन्ने यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
कार्यक्रममा उद्योग तथा कलकारखाना सञ्चालनको प्रक्रिया, रात्रीकालीन होटल व्यवसाय र पसल व्यवस्थापन, मिठाई पसल सञ्चालन, उत्पादन मिति र भण्डारणको तरिका लगायतका विषयमा प्रशिक्षण दिइनेछ । उक्त कार्यक्रममा सबै उद्योगी, व्यवसायीलाई उपस्थितिका लागि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्