सर्पको टोकाईबाट देउखुरीमा ९ वर्षीय बालकको मृत्यु

दाङ समाचार
दाङ समाचार ३० श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

दाङ – सर्पको टोकाईबाट देउखुरीमा ९ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । हजुरबुवा डम्मरबहादुर जिसीका अनुसार बालक अधिकारीलाई गएराति घरमा सुतिरहेको अवस्थामा करेत सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारको लागि कपिलवस्तुको गोरुसिंगेमा लगिएको थियो ।

उनको उपचारकै क्रममा बिहिवार दिउँसो २ः२० बजेको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको हो । मृतक बालक सोही वडामा रहेको सिरिन भ्याली पब्लिक स्कुल कक्षा ३ मा अध्ययनरत रहेको पत्रकार ओम प्रकाश गुप्ताले जानकारी दिएका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्