दाङ – देउखुरी बैंकर्स संघको चौथो वार्षिक साधारण सभा शुक्रबार लमहीमा सम्पन्न भएको छ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरले कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि सिंहले कोभिड–१९ महामारीपछि बैंक तथा वित्तीय क्षेत्रले चुनौती र अप्ठ्यारो अवस्थाको सामना गर्नुपरेको, त्यसपछी विभिन्न खाले आर्थिक संकटका समस्याहरुसंग जुध्दै सफलता हाँसिल गर्न सफल भएको बताउनुभयो ।
उहाँले वित्तीय साक्षरता, वित्तीय सेवामा पहुँच विस्तार र वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेको बताउनु भएको हो । साधारणसभामा आर्थिक तथा प्रगती प्रतिवेदन कोषाध्यक्ष सरोज बस्नेतले प्रस्तुत गर्नु भएको थियो । साधारणसभामा देउखुरी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोखरेल, लमही जेसीजका अध्यक्ष रामधिन चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, पत्रकार दशरथ घिमिरे लगायतको उपस्थिती रहेको थियो । संघका अध्यक्ष तेजबहादुर नेपालीको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । देउखुरी बैंकर्सको बन्दसत्रले नयाँ कार्यसमिति चयन गर्ने छ ।
पत्रकार शाह, घिमिरे र गजमेर सम्मानित
देउखुरी बैंकर्सले साधारण सभाको अवसरमा तीन जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रेडियो हाइवे एफ एम का प्रवन्धक लिला शाह, नेपाल टेलिभिजनका दशरथ घिमिरे र दाङ समाचारका प्रिया स्मृती गजमेरलाई सम्मान गरिएको छ । सञ्चार क्षेत्रबाट बैंक तथा वित्तिय क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्