राम्री – कपुरकोट सडक खण्डमा पहिरो, सवारी आवागमन अवरुद्ध

दाङ समाचार
दाङ समाचार २ भाद्र २०८२, सोमबार
0 Min Read
Aa

दाङ – राप्ती राजमार्गअन्तर्गत राम्री–कपुरकोट सडक खण्डमा गएराति गएको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयका अनुसार पहिरो खसेपछि रातिदेखि नै यातायात पूर्णरूपमा रोकिएको छ ।

अहिले डोजर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको र सम्भव भएसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको कार्यालयका प्रमुख इञ्जिनिएर दीपेन्द्र बहादुर विष्टले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्