दाङ – लुम्बिनी प्रदेशकी सांसद लोका कुमारी विश्वकर्माले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन ।
शुभकामना दिंदै “हरितालिका तीजले समाजमा देखिएका महिलाविरुद्धका सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस्,” सांसद विश्वकर्माले भनिन ।
उनीका अनुसार तीज पर्वले चेली–माइती, साथी–संगी, परिवार र आफन्तबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्ने भूमिका खेलेको छ ।
तीजको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह गर्दै सांसद विश्वकर्माले भनिन्, “यो पर्व मनाउँदा देखिने भड्किलोपन र खर्चिलोपन कम गर्दै चेली–माइतीको भेटघाट र समाजलाई जोड्ने पुलको रूपमा तीजलाई मनाउनुपर्छ ।”
नेपाली समाजमा तीज सांस्कृतिक र धार्मिक पर्वका रूपमा महत्वपूर्ण मानिन्छ। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यो पर्वमा तृतीयाको दिन शिव–पार्वती र पञ्चमीको दिन सप्तऋषिको पूजा–उपासना गर्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । विवाहपछि महिलाहरूको माइतीको याद कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिने गरिन्छ । समाचार लेख्दिनुस

प्रतिक्रिया दिनुहोस्