दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन ।
शुभकामना सन्देश व्यक्त गर्दै उनले भने, “हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको छ। यस्ता पर्व हाम्रा पहिचान र गौरव हुन्।” सभापति पाण्डेका अनुसार अनेक मतभेदका बाबजुद यस्ता पर्वहरूले समाजमा सौहार्दता र एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन ।
तीजमा महिलाहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने भएकाले यसको विशेष महत्व रहेको उल्लेख गर्दै उनले थपे, “तीजले हाम्रो समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गराओस् ।”
उनले देशका विभिन्न पर्वहरूले आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारालाई अभिव्यक्त गर्दै समाजलाई साझा फूलवारीको रूपमा प्रतिविम्बित गर्दै आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्