दाङ – गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले तीज पर्वलाई मौलिकताको पर्वका रूपमा लिनुपर्ने बताएका छन । तीजले नेपाल र नेपालीको परम्परा, संस्कार र रीतिरिवाजलाई जगेर्ना गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै अध्यक्ष बसेलले भने, “हाम्रो परम्परा नै हाम्रो पहिचान हो । त्यसलाई सबै मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।”
तीजको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई नारीहरूको आस्था, विश्वास र संस्कृतिको प्रतिविम्बका रूपमा व्याख्या गरे । साथै, दिदीबहिनीबीच आत्मीयता, सामाजिक एकता र सामूहिक उल्लास सिर्जना गर्ने माध्यमका रूपमा पनि तीजलाई लिने सुझाव दिए ।
उनले थपे, “तीज नारी सशक्तिकरण, समानता र अधिकारका पक्षमा अघि बढ्न प्रेरणादायी पर्व हो । आधुनिकताभन्दा मौलिकतालाई जोगाउँदै अगाडि बढ्नु आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्