लमहीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना गम्भीर

दाङ समाचार
दाङ समाचार ११ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नं. ५ स्थित लमही बसपार्क नजिकै पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा रोल्पा जिल्ला कोट गाउँपालिका- ६ राप्ती बस्ने वर्ष ३७ का राजेश घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बुधबार अन्दाजी बिहान २:३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको सु.प.प्र.०१००१ख ३७९९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा ६ प ४९०० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परि मोटरसाइकल चालकको दुबै खुट्टासहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते चालकलाई तत्काल लमही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमा रिफर गरिएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई वडा प्रहरी कार्यालय लमही दाङको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्