९ उपसचिवको सरुवा, को कहाँ ?

दाङ समाचार
दाङ समाचार ११ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

दाङ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका ९ जना उपसचिवको सरुवा गरिएको छ । कार्यालय मातहतका राजश्व अनुसन्धान विभागअन्तर्गत बुटवल, कोहलपुर र इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखसहित ९ उपसचिवको सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्ण प्रसाद शर्मालाई राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा सरुवा गरिएको छ । त्यहाँ कार्यरत उमेश राज रिमाललाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै सुवास श्रेष्ठलाई राजश्व अनुसन्धान कार्यालय, बुटवल खटाइएको छ । त्यहाँका प्रमुख विवेक घिमिरेलाई राजश्व अनुसन्धान विभागमा तानिएको छ ।

राजश्व अनुसन्धान कार्यालय, इटहरीका उत्तम कुमार घिमिरेलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ। त्यहाँ राजश्व अनुसन्धान विभागका अर्जुन राईलाई जिम्मेवारी दिइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका मनोज रेग्मीलाई राजश्व अनुसन्धान विभागमा, विभागका नवराज अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । पर्वत गिरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रशासन शाखामा पदस्थापन गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्