दाङ – लमहीमा आज बस र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन । घाइते हुनेमा लमही नगरपालिका -५ निवासी वर्ष २४ का शिशिर खड्का र सोही ठाउँ निवासी वर्ष १९ का राजन चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिनु भएको छ ।
आज बेलुका ७ बजेको समयमा लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ ख १८५३ नम्बरको बस र पुर्व बाट पश्चिमतर्फ आइरहेको लु ७९ प ५५२५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारका लागि लमही अस्पताल लगिएको थियो, त्यहाँ प्राथमिक उपचार पछि घाइते खड्कालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको छ, उनको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । चौधरीको दुबै हात र एउटा खुट्टा भाँचिएको छ, उनलाई नेपालगन्ज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्