भूषण राणाको घरमा प्रहरीको छापा

दाङ समाचार
दाङ समाचार १३ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

दाङ – कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ । सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

राणा पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । आरजु राणाले कतिपय डिलमा उनी प्रतिनिधिको रुपमा खटिने गरेको आरोप राणामाथि लाग्ने गरेको थियो । गोप्य सूचना प्राप्त हुने आशंकामा प्रहरीले भूषणको घरमा छापा मारेको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्