देउखुरीमा अटो दुर्घटना, ४ जना घाइते

दाङ समाचार
दाङ समाचार १९ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

दाङ – देउखुरीमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । लमहीबाट गढवा तर्फ जाँदै गरेको रा १ ह ६०७० नम्बरको अटो लमही नगरपालिका–५ बयलडाँडामा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि राजपुर गाउँपालिका–१ कठबेरुवा निवासी ५० वर्षीय वेदलाल कामी (अटो चालक), गढवा गाउँपालिका–६ का ४५ वर्षीय राजकुमार यादव, उनकी श्रीमती २८ वर्षीया गीता यादव (चार महिनाको गर्भवती), सोही ठाउँका ३४ वर्षीय दधिराम आचार्य र उनका छोरा सिद्धार्थ आचार्य घाइते भएका छन् ।

घाइते सबैजनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक कामीका अनुसार कुकुरसंग ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्