दाङमा पटकाजन्य विष्फोटक पदार्थ बरामद, दुई जना पक्राउ

दाङ समाचार
दाङ समाचार २७ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका–४ दुलैया चोकस्थित गढवा–चंगुवा सडकखण्डमा प्रहरीले पटकाजन्य विष्फोटक पदार्थ (पटका) बरामद गरेको छ ।

आज असोज २७ गते राजपुरबाट गढवातर्फ जाँदै गरेको रा.५ प.६९३६ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा करिब २७ के.जी. तौल बराबरको “रिमा” ब्रान्डको विष्फोटक पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त सामग्रीको अनुमानित मूल्य करिब ६० हजार रुपैयाँ रहेको छ ।

सो मोटरसाइकलमा सवार दाङ राजपुर गाउँपालिका – ४ फोहोरा बस्ने करिब ४० वर्षीय दिनेश गुप्ता र भारतको बलरामपुर जिल्लास्थित बरहवा बस्ने करिब २८ वर्षीय लक्ष्मण भारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसूरमा दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्