दाङ – मोटरसाइकल दुर्घटनामा लमहीका दुई जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका – ५ निवासी शोभाकर घिमिरे र उनकी श्रीमती ५३ वर्षीया विमला घिमिरे रहेका छन ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार दम्पती भारतको तुलसीपुरतर्फ गएर लमही फर्किने क्रममा गढवा गाउँपालिका – ५ जमुनीबास नजिकै चिसापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक शोभाकर घिमिरे, जो देउखुरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्, सामान्य घाइते भएका छन् भने उनकी श्रीमती विमलाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते विमलाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्