दाङ – स्वास्थ्य कार्यालय दाङले आ.व. २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गर्दै असोज महिनामा सम्पन्न प्रमुख गतिविधिहरूको विवरण सार्वजनिक गरेको छ ।
वार्षिक समीक्षा कार्यक्रममा कार्यालयका विभिन्न शाखा, स्वास्थ्य संस्था तथा स्थानीय तहबाट प्राप्त प्रतिवेदनका आधारमा समग्र प्रगतिको मूल्यांकन गरिएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विस्तार, सरसफाइ प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य, रोग नियन्त्रण लगायतका सूचकहरूका आधारमा उपलब्धि मापन गरिएको थियो ।
मूल्यांकनका आधारमा दंगीशरण गाउँपालिका पहिलो, लमही नगरपालिका दोस्रो र तुलसीपुर उपमहानगरपालिका तेस्रो स्थानमा परेका छन । यी पालिकाहरूले स्वास्थ्य सेवा प्रभावकारितामा उल्लेखनीय उपलब्धि हासिल गरेका कारण उत्कृष्टको रूपमा सम्मानित गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्