दाङ – फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो ।
यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ । कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले अन्य ७५ जना बेपत्ता छन् र १७ जना घाइते छन । यसका कारण मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।
यस आँधीबेहरीले गरेको विनाश देखाउने धेरै भिडियो पनि बाहिर आएका छन्। यसमा मानिस छतमा आश्रय लिइरहेको देख्न सकिन्छ। मानिसहरूका कार र ढुवानी कन्टेनर सडकमा तैरिरहेका देखिन्छन ।

प्रतिक्रिया दिनुहोस्