राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारद्वारा पार्टी परित्याग

दाङ समाचार
दाङ समाचार २९ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन ।

उनले राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन । पार्टीमा आफूले निरन्तर विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको उनको भनाइ छ ।

‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रुपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु,’ उनले राजीनामा पत्रमा लेखेका छन । जेन–जी आन्दोलनले अहिलेकै अवस्थामा नेपाली राजनीति अगाडि बढ्न नसक्ने कुरा प्रमाणित गरेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता (Gen-G) को विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ । यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ । जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाई हो ।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्