इलाका प्रशासन कार्यालय लमहीमा रिजाल कार्यालय प्रमुखको रूपमा पदस्थापना

दाङ समाचार
दाङ समाचार ४ मंसिर २०८२, बुधबार
1 Min Read
Aa

दाङ – इलाका प्रशासन कार्यालय लमहीमा शोभाराम रिजाल नयाँ कार्यालय प्रमुखका रूपमा पदस्थापन हुनु भएको छ । लगातार कार्यालय प्रमुखको सरुवा हुने क्रम बढेपछि देउखुरीका स्थानीयवासी प्रत्यक्ष सेवा–सुविधामा मर्का भोग्दै आएका बेला रिजालको आगमनले सेवा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

लमहीकै स्थायी निवासी रहेका रिजाल यसअघि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यअनुभव हासिल गरेका अनुभवी प्रशासक हुनुहुन्छ । उहाँ पदस्थापित भएपछि कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू अब निर्वाध रूपमा उपलब्ध हुने कार्यालयले जनाएको छ ।

रिजालको आगमनअघि सोही कार्यालयका नायब सुब्बा ईश्वरी भारतीले कायममुकायम कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै कार्यालयको दैनिक कामकाज सञ्चालन गर्दै आउनु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्