राजपुरमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका बहादुर बोहरा सहित ३२ जना नेपाली कांग्रेसमा प्रवेश

दाङ समाचार
दाङ समाचार २२ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

दाङ – २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट राजपुर गाउँपालिका–५ का वडााध्यक्षका उम्मेदवार बनेका अम्मर बहादुर बोहरा सहित ३२ जना आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नवप्रवेशीलाई नेपाली कांग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत, कर्णबहादुर बुढाथोकी, कांग्रेस दाङ क्षेत्र नम्बर–१ का सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधि धनापतिदेवी यादव, क्षेत्रीय सहसचिव प्रकाशकुमार जिसी तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य पवनकुमार यादव लगायतका नेताहरूले स्वागत गरेका छन ।

नेपाली कांग्रेस राजपुर–५ का वडा सभापति कान्ता प्रसाद यादवको अध्यक्षता तथा महासमिति सदस्य जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममध्ये नवप्रवेशीले लोकतान्त्रिक मूल्य–मान्यता र विकासको राजनीति अघि बढाउन कांग्रेसलाई रोजेको बताएका छन ।कार्यक्रममा कांग्रेस नेताहरूले नवप्रवेशीको आगमनले पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्