लमहीको भैस्कोर्मामा भुरा खेल सम्पन्न

दाङ समाचार
दाङ समाचार ५ माघ २०८२, आईतवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर–४ भैस्कोर्मामा भव्य रूपमा भुरा खेल सम्पन्न भएको छ । गाउँ अगुवा (बरघर) लक्ष्मी राज चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोला प्रथामार्फत भैस्कोर्मा गाउँको नयाँ गाउँ अगुवा (बरघर) मा विष्णु प्रसाद चौधरी चयन भएका छन । यस्तै कुलापानी ठेकेदारमा बाल गोबिन्द चौधरी तथा अघारी/चिरागी पदमा पुरानै खुशीराम चौधरीलाई निरन्तरता दिइएको छ ।

भुरा खेलका क्रममा कुलापानी बाहेक आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गरिएको थियो । प्रस्तुत विवरणअनुसार आयतर्फ १,५४,३२० रुपैयाँ र व्ययतर्फ १,५२,२४० रुपैयाँ बराबरको हिसाब सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बृहत् छलफल पश्चात् आगामी एक वर्षका लागि गाउँका नियम, ऐन–कानुन तथा रीतिरिवाजसम्बन्धी व्यवस्थाहरू तयार पारिएको थियो । साथै गाउँ अगुवा (बरघर) प्रथालाई स्थानीय सरकारबाट कानूनी मान्यता प्राप्त भएकोमा खुसी साटासाट गर्दै स्थानीय सरकारप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो ।

कार्यक्रममा बुद्धिजीवी तथा समाजसेवी लिलाराम चौधरी प्रमुख अतिथि तथा वडासदस्य उमाकान्त चौधरी विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रमको सुरुवात काली प्रसाद चौधरीको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रमको सहजीकरण गोबिन्द चौधरीले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्