रोजी बड्स बालबाटिका माविको रजत जयन्ती अवसरमा खुला भलिबल प्रतियोगिता सम्पन्न

दाङ समाचार
दाङ समाचार ५ माघ २०८२, आईतवार
1 Min Read
Aa

दाङ – रोजी बड्स बालबाटिका माध्यमिक विद्यालयको रजत जयन्तीको अवसरमा आयोजित खुला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालय, पथ्थरगढवा विजेता बनेको छ ।

विजेता ज्ञानोदय माध्यमिक विद्यालयले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ। त्यस्तै, प्रतियोगिताको आयोजक रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय उपविजेता बनेको छ । उपविजेता रोजी बड्सले नगद ८ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका ज्ञानोदय माध्यमिक विद्यालयका कलेश चौधरी उत्कृष्ट खेलाडी घोषित भएका छन ।

विद्यालयको रजत जयन्ती अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताले विद्यार्थी तथा स्थानीय युवाहरूबीच खेलकुदप्रतिको उत्साह थप बढाएको आयोजकले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्