दाङ – आज २८६२ औँ सोनाम ल्होसार पर्व तामाङ समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउदै छन । यस अवसरमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले तामाङ समुदायसहित सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमार्फत नगर प्रमुख चौधरीले सोनाम ल्होसारले आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यो पर्वले तामाङ समुदायको मौलिक पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख चौधरीले नयाँ वर्ष २८६२ ले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै लमही नगरपालिकालाई विविध जातजाति, भाषा र संस्कृतिको सम्मान गर्ने साझा घरका रूपमा अझ सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार तामाङ समुदायको महत्वपूर्ण पर्व हो । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, पूजा–आराधना तथा पारम्परिक नाचगानमार्फत पर्व मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्