धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु, २४ घाइते

दाङ समाचार
दाङ समाचार ११ फाल्गुन २०८२, सोमबार
1 Min Read
Aa

दाङ – धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन । राति करिब साढे १ बजे धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो । मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ । राति भएकाले उद्धारमा कठिनाइ भएकाे प्रहरीहरूले बताएका छन ।

यस्तै घाइते २४ जनालाइ उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्