दाङ – आज फागुन १५ गते मनाइने मगर समुदायको महान् पर्व मगर दिवसका अवसरमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सम्पूर्ण मगर समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नगर प्रमुख चौधरीले शुभकामना सन्देश व्यक्त गर्दै मगर समुदायले नेपाली समाज, संस्कृति, कला, भाषा र पहिचान संरक्षणमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले विविध जाति, भाषा, धर्म र संस्कृतिले समृद्ध हाम्रो समाजमा मगर समुदायको ऐतिहासिक भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सद्भाव, एकता र सहअस्तित्वलाई अझ मजबुत बनाउन मगर दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
मगर समुदायका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै यो दिवसले आफ्नो मौलिक पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।
मगर दिवसले समुदायबीच भाइचारा, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख चौधरीले सबैलाई उत्साह र उल्लासका साथ दिवस मनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्