दाङ १ मा कांग्रेसका उम्मेदवार योगेन्द्रलाई सहज, नेकपाका नेताहरु कांग्रेसमा प्रवेश

दाङ समाचार
दाङ समाचार १८ फाल्गुन २०८२, सोमबार
1 Min Read
Aa

दाङ – नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटी सदस्य श्यामेस चौधरी र ज्ञानु केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दाङ क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार योगेन्द्र चौधरीको चुनावी सभामा उनीहरू औपचारिक रूपमा कांग्रेसमा समाहित भएका हुन् ।

प्रवेशपछि बोल्दै चौधरीले भने, “समाजमा तीन वर्ग हुन्छन् । ती तीनै वर्गको उत्थानको स्पष्ट नीति नेपाली कांग्रेसले बोकेको कारण म कांग्रेसमा प्रवेश गरेको हुँ । अब मेरो राजनीतिक जीवन कांग्रेसबाट नै अघि बढ्नेछ ।”

चौधरी यसअघि स्वतन्त्र उम्मेदवार तथा पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीको पक्षमा खुलेका थिए । अन्तिम समयमा आएर उनले कांग्रेस रोजेका हुन् ।

यसैबीच नेपाली कांग्रेसले सोमबार देउखुरीमा बृहत शक्ति प्रदर्शन गरेको थियो । हजारौं कार्यकर्ताको सहभागितामा सम्पन्न उक्त प्रदर्शनलाई कांग्रेसले दाङ १ मा आफ्नो बलियो उपस्थिति र चुनावी माहोलको संकेतका रूपमा लिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्