दाङ – गढवामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–५ बाँकी निवासी ३६ वर्षीय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिएका छन् ।
आज बेलुका करिब पौने ८ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गढवा बजार आउँदै गरेको रा १ त ३४२९ नम्बरको ट्याक्टरमा सोही दिशाबाट आउँदै गरेको रा ६ प १७६९ नम्बरको मोटरसाइकल गढवा गाउँपालिका–५ बाँकी चोकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रिजाललाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । हाल ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्