ग्रामीण भेगका मानिसलाई सर्पदंशको उपचार पाउनै मुस्किल

दाङ समाचार
दाङ समाचार १३ बैशाख २०८३, आईतवार
4 Min Read
Aa

दाङ – सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अंगभंगसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुनुका साथै, सर्पदंशका बिरामीले उपचार पाउन मुक्किल पर्ने गरेको छ ।

केही हदसम्म सावधानी अपनाउनसके सर्पको टोकाइबाट जोगिन सकिने सर्प उद्दार तथा अनुसन्धानकर्ता बसन्त सुबेदीले बताउनुभयो । सर्पको टोकाइको सिकार बढी किसाननै हुने गरेका छन् । त्यसपछि बालबालिका र वृद्धवृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् । सर्पदंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनााका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको सर्प उद्दार तथा अनुसन्धानकर्ता सुबेदीले बताउनुभयो । आइतवार लमही नगरपालिका वडा नं. ५ अन्रगत रहेको विभिन्न टोलका स्थानियहरुलाई सर्पदंश सम्बन्धी सचेतना गराइएको छ ।

स्थानीयस्तरमा सचेतना जगाउन सकियो भने र सर्प पक्रनका लागि तालिम प्राप्त मानिस उत्पादन भएमा धेरै सहजता हुने देखिने सर्प उद्दार तथा अनुसन्धानकर्ता बसन्त सुबेदीले बताउनुभयो । विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ, उहाँले भन्नुभयो,–।

असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । सबैभन्दा बढी गोमन र करेत सर्पको टोकाइबाट मुत्यु हुने गरेको छ । करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ, गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ । गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन, सर्प उद्दार तथा अनुसन्धानकर्ता बसन्त सुबेदीले भन्नुभयो,–।

यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुन्छ । सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धाँमीझाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हुँदा मानिसको अकालमा मृत्युसमेत हुने गरेको सर्प उद्दार तथा अनुसन्धानकर्ता बसन्त सुबेदीले बताउनुहुन्छ ।

पछिल्लो समयमा स्थानीय सरकारको पहलमा ठाउँ ठाउँमा सर्पदंश उपचार केन्द्रको स्थापना गरेर उपचार भईरहँदा पनि अझै पनि गाउँगाउँमा सर्पदंशका कारण अनाहकमा ज्यान जाने क्रम बढ्दो छ । गर्मीसँगै मौसममा आएको परिवर्तनले लमहीमा रहेको सर्पदंश उपचार केन्द्र र गढवामा रहेको सर्पदंश उपचार केन्द्रमा सर्प डसाईका विरामीहरु उपचारका लागि आउने क्रम बढ्ेको हो ।

गाउँबस्तिमा काम गरेर बस्ने मानिसहरुमा बढी सर्पको जोखिम हुने गरेको छ । खेलबारीमा काम गर्नुपर्ने अवस्थामा लुकेर बसेका सर्पहरुले डस्ने र समयमा उपचार नपाँदा ज्यान जानेसम्मका घटनाहरु भईरहेका छन् । सर्पको टोकाईबाट बच्न घर वरिपरि नियमित सरसफाइ गर्ने, सर्पलाई नचलाउने, हिँड्दा ध्यान दिने, घाँस काट्न जाँदा, जंगल, झाडीमा जाँदा सर्प भए नभएको जाँच गर्ने, घाँस काट्दा, खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ ।

अँध्यारोमा बत्ती बालेर हिँड्न चिकित्सकले सुझाव दिने गर्दछन् । सर्पले टोकेका बिरामीलाई लक्षित गर्दै सरकारले æएन्टी स्नेक भेनस सेरमÆ मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएको छ ।

नेपालमा वर्षेनि कति जनालाई सर्पले टोक्छ ? सर्पको टोकाइबाट कति जनाको मृत्यु हुन्छ ? यसको ठ्याक्कै उत्तर दिने निकाय छैन । जनचेतना र सजगताको अभावमा ग्रामिण भेगमा मानिसहरुको अनाहकमा ज्यान गईरहेको छ । सर्पले टोकेपछि गर्ने पर्ने उपचार पद्दतिसँगै सर्पदंश उपचार केन्द्रमा जानुपर्छ भन्ने हेक्का रहन जरुरी छ ।

अझ सर्पले टोक्यो भने धामीझाँकीका गएर उपचार गर्ने प्रचलन पनि थियो त्यो बिस्तारै कम हुँदै गएको छ । यद्यपि सचेतना र सजगता अपनाउँदै यसको उपचार समयमै सर्पदंशमा पुग्दा हुँछ भन्ने हेक्का राख्न जरुरी छ । वर्षायामका बेला सर्पहरू जमिनमुनिबाट बाहिर आउँछन् । विषालु सर्पको टोकाइबाट देउखुरीमा वर्षेनी मानिसहरूको मृत्यु हुन्छ ।

सर्प दंशबाट कैयौं व्यक्तिहरूको मृत्यु भएका , बेलैमा उपचार नपाएका वा विरामी भएका घटनाहरू घटिरहेका छन् । सर्प दंशबाट बच्न र बचाउन आवश्यक पर्ने उपायहरू सचेततापूर्वक अबलम्बन गर्न जरुरी छ । यता लमही नगरपालिका वडा नं.५ का वडाध्यक्ष ओम प्रसाद सुवेदीले वडास्तरमा सर्पदंश सम्बन्धी सचेतना जगाउदैँ, स्थानियलाई जागरुक गराउन आवश्यक रहेको बताउनुभयो । फोटो :- AI

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्