दाङ -राजपुर गाउँपालिका-४ फोहरामा काठको विषयलाई लिएर भएको विवादमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–४ फोहरा निवासी ५५ वर्षीय भोलाप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार सोही ठाउँका २२ वर्षीय कोइच्छा कुमार रैदाससँग वनबाट काठ ल्याउने विषयमा विवाद भएको थियो । रैदासका बाबू सामुदायिक वनका वन हेरालु हुन । “यो काठ किन ल्याइस् ?” भन्ने विषयमा सुरु भएको विवाद उग्र बन्दा रैदासले भोलाको गर्दनमा पटकपटक लठ्ठी प्रहार गरेका थिए । लठ्ठी गर्दनमा लाग्दा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक यादवको शव पोस्टमार्टमका लागि लमही अस्पताल ल्याइएको छ । घटनामा संलग्न आरोपी कोइच्छा कुमार रैदास फरार रहेका छन् । उनको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख डबल बहादुर बमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्