अर्को हप्ता लगातार ४ दिन बिदा, १४ गते बकर ईद

दाङ समाचार
दाङ समाचार ८ जेष्ठ २०८३, शुक्रबार
1 Min Read
Aa

दाङ – सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको अवसरमा जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जनाएको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार मुस्लिम आयोगबाट आएको सिफारिसका आधारमा १४ गते बिदा दिने निर्णय गरिएको हो । त्यस दिन देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा रहनेछ ।

त्यस्तै जेठ १५ गते गणतन्त्र दिवस भएकाले राष्ट्रिय पर्वका रुपमा बिदा हुन्छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्