छठ पर्वको अवसरमा वडा अध्यक्ष चौधरीद्वारा वडावासीलाई शुभकामना

दाङ समाचार
दाङ समाचार ३० कार्तिक २०८३, आईतवार
1 Min Read
Aa

दाङ – आस्थाको महापर्व छठको पावन अवसरमा लमही नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले सम्पूर्ण वडावासीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

वडा अध्यक्ष चौधरीले सूर्यदेव र छठी माताको आराधना गरी श्रद्धा, भक्ति र निष्ठाका साथ मनाइने यस पर्वले समाजमा आपसी सद्भाव, एकता, प्रेम र भाइचाराको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै, छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धिको उज्यालो छाओस् भन्ने कामनासमेत गर्नुभएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्