दाङ – जिल्ला समन्वय समिति दाङकाे जेठ २९ गते हुन गइरहेकाे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएकाे छ ।
नेकपा एमालेले भने उम्मेदवारी दर्ता गराएकाे छैन । नेकपा एमालेले उम्मेदवारी दर्ता नगराएसँगै गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन आयाेगले घाेषणा गर्न भने बाँकी नै छ ।
समितिमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका थिए ।
समितिकाे प्रमुखमा नेपाली काङ्ग्रेसका नित्यानन्द शर्माकाे उम्मेदवारी रहेकाे थियाे । शर्मा समन्वय समिति प्रमुखमा निर्विराेध निर्वाचित भएका हुन् । शर्मा स्थानीय तहकाे निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका थिए ।
उप प्रमुखमा नेपाली काङ्ग्रेसका तर्फबाट चेतना चाैधरीकाे उम्मेदवारी रहेकाे थियाे । चाैधरी उप प्रमुखमा निर्विराेध निर्वाचित भएकी हुन् । चाैधरी स्थानीय तहकाे निर्वाचनमा बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।
त्यस्तै सदस्यमा नेपाली काङ्ग्रेसबाट तर्फबाट कुलबहादुर बुढा (खुला सदस्य ), हरिदेवी पाेख्रेल (महिला सदस्य ), सरस्वती नेपाली ( दलित महिला सदस्य ), जुनकुमारी बुढा (महिला सदस्य ) र कल्पना शेर्पाइली (महिला सदस्य ) रहेका थिए । सबै उम्मेदवार सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
खुला सदस्य बुढाले स्थानीय तहकाे निर्वाचनमा लमही नगरपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका हुन् ।
महिला सदस्य घाेराही उपमहानगरपालिका वडा नं. ९ बाट, दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ , महिला सदस्य घाेराही उपमहानगरपालिका वडा नं. १४ र महिला सदस्य शेर्पाइली घाेराही उपमहानगरपालिका वडा नं. १३ बाट सदस्यमा निर्वाचित भएका हुन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा
टाेपाराम चाैधरी (खुला सदस्य ) र द्रुपति चाैधरी ( खुला सदस्य) ले उम्मेदवारी दर्ता गराएका थिए । दुबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
चाैधरीले स्थानीय तहकाे निर्वाचनमा दङ्गीशरण गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएका हुन् ।
द्रुपति चाैधरी स्थानीय तहकाे निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।
यस्ताे बन्ने भयाे समन्वय समित
नित्यानन्द शर्मा -प्रमुख
चेतना चाैधरी – उप प्रमुख
हरिदेवी पाेख्रेल -महिला सदस्य
जुनकुमारी बुढा -महिला सदस्य
कल्पना शेर्पाइली -महिला सदस्य
सरस्वती नेपाली – दलित महिला सदस्य
कुलबहादुर बुढा – खुला सदस्य
टाेपाराम चाैधरी – खुला सदस्य
द्रुपती चाैधरी – खुला सदस्य

प्रतिक्रिया दिनुहोस्