काठमाडाैँ– पूर्वमन्त्री मिथिला चौधरीको शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ५७ वर्षीया चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिएकी छन्।
मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस्