३५ लाख लुटपाट गरेको आरोपमा दाङमा १ जना पक्राउ

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

दाङ – काठमाडौंको लैनचौरमा एक व्यापारीबाट ३५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१० नारायणपुरका सुदन नेपालीलाई दाङको भालुबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीसहित ३ जनाले जेठ ८ गते लैनचौरको एक व्यापारीसँग ३५ लाख रुपैयाँ लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय भालुवाङले शुक्रबार साँझ भालुवाङमा आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको एसपी सुरेश काफ्लेले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्