दाङ – नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपालले आइतबार लमहीमा युवा जागरण सभा गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अन्तरगत पश्चिमको महाकालीबाट सुरु भएको जागरण अभियानको क्रममा आइतबार विहान लमहीमा सभा गर्ने तयारी गरिएको युवा संघ नेपाल लमही नगरका अध्यक्ष किसन भट्टराईले जानकारी दिए ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र सांस्कृतीक प्रस्तुती सहित संक्षिप्त सभा गरिने युवा संघ नेपालका केन्द्रिय सचिव शुसील भट्टराईले जानकारी दिए । भड्किलो र खर्चिलो निर्वाचन प्रणाली बहिस्कार गर्ने लगायतका नाराहरुका साथ महाकाली मेची यात्रा सुरु भएको हो ।
लमहीमा गरिने सभाको सम्पूर्ण तयारी पुरा भएको एकिकृत समाजवादी दाङका अध्यक्ष शुरामणी बेल्वासेले जानकारी दिए । भदौ १५ गते काठमाण्डौंबाट जागरण यात्रा निस्कीएको थियो । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाहीको नेतृत्वमा ७५ सदस्यीय टोली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्