दाङ – राष्टिय स्वतन्त्र पार्टीले संगठन बिस्तार कार्यलाई तिब्र गतिका साथ अगाडी बढाई रहेको छ । दाङ देउखुरीका सबै स्थानीय पालिकामा यो कार्यलाई द्रुत गतिमा लगेको राष्टिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले जानकारी दिनु भयो ।
‘हामी अहिले पार्टी निर्माण काममा व्यस्त छौं, नेपालभर वडा देखि लिएर जिल्ला सम्ममा संगठन बिस्तार कार्य पनि हाम्रो पहिलो प्राथमिकताको काम हो’- सभापति पाठकले भन्नु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी प्रति दिनप्रति दिन मानिसको क्रेज बढ्दो छ, देशका ठुला दल देखेर जनता आजित भैसकेको हामी सबैले महशुस गरिरहेका छौं, म ढुक्कसंग भन्दछु, केहि समयपछि रास्वपा देशको ठुलो र पहिलो दल भएर संसदको नेतृत्व गर्नेछ’- उहाँले भन्नु भयो ।
यसैविच पार्टीले शनिबार लमही नगरपालिका -१ को वडा कमिटी बिस्तार गरेको छ । दामोदर भण्डारी सभापति रहने गरि बिस्तार गरिएको वडा कमिटीमा ९ जना सदस्यीय रहनु भएको लमही नगर सभापति शिवलाल भण्डारीले जानकारी दिनु भएको छ ।
जसको उपसभापतिमा बलिराम चैधरी सचिवमा कविता श्रेष्ठ, कोषाध्यक्षमा भानुभक्त पैडेल रहनु भएको छ । सदस्यहरुमा बसन्ती कमेनी ,रस्मी पैडेल, तिलकराम खनाल, मेगराज पैडेल, सावित्रा पैडेल लगायत रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्