समितिले सार्वजनिक बगैँचाभित्र इन्टरलक ब्लक विच्छायो

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ जेष्ठ २०८०, सोमबार
3 Min Read
Aa

दाङ– लमही नगर विकास समितिले सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्दै, त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ ।

लमहीको सार्वजनिक बगैँचा क्षेत्रभित्र रहेको जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले यो आर्थिक वर्षको बजेटमा बगैँचाभित्र इन्टरलक ब्यक निर्माण, हरियाली प्रवद्र्धनलगायलाई प्राथमिकतामा राखेको लमही नगर विकास समितिका सुचना अधिकारि हरिकृष्ण खनालले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा लमही नगर विकास समितिले लमहीको सार्वजनिक बगैँचाको क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न र उक्त बगैँचाभित्र रहेको मञ्च अगाडिको भागमा पक्की ब्लक विछाउन ३१ लाख बजेटको योजना अघि सारिएको थियो ।

अहिले लमहीको सार्वजनिक बगैंचामा इन्टरलक ब्लक विच्छाइएको छ । २७ हजार वर्गफिटमा इन्टरलक ब्लक विच्छाइएको हो । विथ्रि विल्डर्स कम्पनीले लमही नगर विकास समितिसंग आर्थिक वर्ष ०७८/०७९ मा सम्झौता गरि मंसिर महिनाबाट काम सुरु भइ बैशाखमा सम्पन्न भएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गमा रहेको लमही नगर क्षेत्र घना बस्तीले भरिएको शहर हो ।

त्यसैले नगरवासीलाई खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौँ, लमही नगर विकास समितिका सदस्य सचिव देवेन्द्र श्रेष्ठले भने,–। ‘लमहीलाई हरियाली बढाउनुका साथै नगर क्षेत्रमा विभिन्न विकास योजनालाई पनि हामीले प्राथमिकतामा राखेका छौँ ।’

२४ कठ्ठा जग्ग्मा रहेको लमहीको सार्वजनिक बगैंचा परिसरमा प्रवेश गर्नको लागी चारवटा मुल गेट रहेका छन् । तत्काल बगैचाभित्र २७ हजार वर्गफिटमा इन्टरलक ब्लक विच्छाइएको छ । बगैँचा क्षेत्रभित्र सार्वजनिक कार्यक्रम हुदा मञ्च देखि अगाडि करिब तीन हजार मानिस जम्मा भएकाले उक्त क्षेत्रमा पक्की ब्लक विच्छाइएको हो, लमही नगर विकास समितिका सव–इन्जिनियर तुलसीराम अर्यालले भने,–।

‘अन्य क्षेत्रमा पनि थप बजेट विनियोजन गरि पक्की ब्लक विच्छाउने योजनामा ।’ उक्त बगैँचा क्षेत्रभित्र फलामको कुर्सी निर्माण गरिएको छ । ब्लक क्षेत्रमा करिक तीन हजार मानिस अट्ने र बगैँचाको दुईतर्फ रहेको कुर्सीमा करिब ६० जना मानिस अट्ने क्षमता रहेको छ । पछिल्लो समय यता लमहीको सार्वजनिक बगैँचालाई आधुनिक बगैँचाको रुपमा विस्तार गरिएको हो । लमही नगरबासीको योग तथा घुम्ने ठाउँको लागी राम्रो भएको छ ।

लमहीको सार्वजनिक बगैँचा थप सुन्दर देखिने थालेको लमहीका स्थानीय शेरसिङ् खड्काले बताए । उनले लमही नगर विकास समितिबाट यो उदाहरणीय कार्य भएको बताए । उनले भन्नुभयो,–। ‘लमहीको सार्वजनिक बगैँचामा कुनै पनि सार्वजनिक कार्यक्रम गर्न परेमा सबैको रोजाइ बगैँचा क्षेत्रमा पर्ने गथ्र्यो, उक्त क्षेत्रमा धुलो र वर्षायाममा हिलाम्मे हुने समस्इा थिए ।

अहिले पक्की ब्लक विच्छाइपछि उक्त समस्या समाधान भएको छ ।’ पक्की ब्लक विच्छाएपछि स–साना केटाकेटी र सर्वसाधारण बगैँचामा रमाइलो गर्ने गरेका छन् । लमही नगर विकास समितिले बनाए पनि यो हामी सबैको सम्पत्ती हो, बगैँचाकोे संरक्षण, संवद्र्धन र सुरक्षामा सबै लाग्न जरुरी छ ।।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्