जैविक पार्कमा वृक्षारोपण गरेर मनाइयो विश्व वातावरण दिवस

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

दाङ – विश्व वातावरण दिवसका अवशर पारेर जैविक विविधता पार्कमा वृक्षारोपण गरिएको छ । लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले प्रकृति र मानव एक अर्काको परिपुरक भएको कुरालाई जोड दिंदै प्लास्टिकलाई नगरपालिका बाटै निर्मुल पार्न अभियान चलाउने बताउनु भयो ।

अघिल्ला जनप्रतिनिधिले चलाएको यो अभियानले सार्थकता पाउन सकेन अब फेरी यो विषयलाई कार्यपालिकाबाटै पास गराएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरी (दाङ) का प्रमुख राजु क्षेत्रीले वातावरण प्रदुषण हुनबाट जोगाउन प्लास्टिकलाई बन्देज गरिनु पर्ने बताउनु भयो । प्लास्टिकले हरेक प्राणीलाई अहित गर्ने भएकोले यसलाई नियन्त्रण गर्न सबै जागरुक हुन आवश्यक रहेको बताउनु भयो ।

करिव तीन सय विद्यार्थी लिएर कार्यक्रममा सहभागी भएका गोरखा मोडेल सेकेण्डरी स्कुलका प्राचार्य लोकमान रिजालले विद्यार्थी मार्फत गाउँ गाउँमा जनचेतना मुलक संदेश फैलाएर वातावरण सफा राख्न सकिने भएकोले उनिहरुलाई सहभागी गराएको बताउनु भयो । सबैले आ-आफ्नो वातावरण जोगाउन महत्त्वपूर्ण भुमिका खेल्न सबैमा आग्रह गर्नु भयो ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत प्रकृति मानव केन्द्रित जनअभियान नेपालका संयोजक सन्त बहादुर घिसिङ र सहजीकरण डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सहायक वन अधिकृत टेकन आचार्यले गर्नु भएको थियो ।

‘प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौं, वातावरण मैत्री विकल्पको प्रयोग गरौं’ भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय दाङ (देउखुरी), अजम्मरी सामुदायिक वन उपभोक्ता समूह र प्रकृति मानव केन्द्रित जनअभियान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

प्रकृति मानव केन्द्रित जन अभियान नेपालका केन्द्रीय महासचिव घनश्याम सुवेदी, केन्द्रिय सदस्य गोविन्द रेग्मी, मधु न्यौपाने, वडा नम्बर ५ का वडाध्यक्ष ओम प्रसाद सुवेदी, गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालको उपस्थित रहेको थियो ।

वातावरण प्रदुषण हुनबाट रोक्न विभिन्न खाले सचेतना प्लेकार्ड सहित गोरखा मोडेल सेकेण्डरी स्कुल, स्वर्णिम देउखुरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्