कृषि विकास बैंकले दियो लमही खानेपानीलाई टेलिभिजन

दाङ समाचार
दाङ समाचार २४ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

दाङ – कृषि विकास बैंक लि. शाखा लमहीले लमही खानेपानी कार्यालयलाई टेलिभिजन प्रदान गरेको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गरेर टेलिभिजन प्रदान गरेको हो ।

कार्यक्रममा कृषि विकास बैंक प्रदेश कार्यालय दाङका निर्देशक राकेश कुमार श्रीवास्तवले नुन देखि सुन र गोठ देखि ओठ सम्मको कारोबार गर्ने गरेकोले सेवाग्राहीको मन जित्न कृषि विकास बैंक जनतामाझ लोकप्रिय बनेको बताउनु भयो । यस्ता खाले सहयोगहरु कृषि विकास बैंकले गर्दै आएको स्मरण गराउदै आगामी दिनहरुमा पनि निरन्तर रहने जानकारी दिनु भयो ।

प्रदेश कार्यालय घोराहीका शाखा प्रमुख अनिल भुसालको पनि उपस्थिति रहेको थियो । बैंकले प्रदान गरेको टेलिभिजन ग्रहण गर्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लमहीका अध्यक्ष जंग बहादुर चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एलइडी टेलिभिजन प्रदान गरेको लमही शाखाका प्रवन्धक शिव प्रसाद चौधरीले जानकारी दिनु भयो । लमही शाखाका प्रवन्धक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बैंकका कर्मचारी तिर्थराज पण्डितले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्