वडा नम्बर ९ को कार्यालय उद्घाटन, छिटो छरितो सेवा प्रवाह गर्न नगर प्रमुखको आग्रह

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २९ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सेवाग्राहीले गुनासो नगर्ने गरि छिटो र छरितो सेवा प्रवाह गर्न आग्रह गर्नु भयो । वडा नम्बर ९ को नवनिर्मित भवनको उद्घाटन गर्दै नगर चौधरीले वडा नम्बर ९ वासीले विकास र सेवाको प्रत्याभूत गर्न पाए नपाएको बारे बुझेर कार्ययोजना तयार पार्न नगर प्रमुख चौधरीले वडा नम्बर ९ का जनप्रतिनिधिलाई निर्देशन दिनु भयो ।

त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले स्थानीय उत्पादनलाई सजिलै बजार सम्म ढुवानी गर्न सहज होस भनेर सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो । किसानले उत्पादन गरेका वस्तुले बजार नपाएर किसान मर्कामा छन, उनिहरुको खेतबारीसम्म मोटर बाटो पुगाउन सकियो भने किसानका उत्पादन सिधै बजारसम्म ढुवानी गरेर मनग्य लाभ लिन सकिन्छ त्यस कारण हामीले सडक निर्माणलाई विषेश चासो दिएका छौँ -‘ उहाँले भन्नू भयो ।

२०७४ देखि वडा नम्बर ९ को कार्यालयले रिहार बजारमा रहेको तत्कालीन बगार बाबा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भवनबाट सेवा दिदै आएको थियो । २०७९ फाल्गुन २७ मै वडा कार्यालयले सेवा प्रवाह गरेता पनि आज सोमबार देखि विधिवत रुपमा भवन उद्घाटन गरिएको छ ।

गायत्री टोल विकास संस्थाका अध्यक्ष श्रीराम दहित, बगार बाबा माध्यामिक विद्यालयका प्रधानाध्यापक अमृत बहादुर पछाई, इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौला, वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य पूर्ण बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको अध्यक्षता, नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको बिशिस्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा सचिव विन्तिराम चौधरीले गर्नु भएको थियो भने सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

डेढ करोड लागतमा बन्यो वडा कार्यालय भवन
लमही नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन झन्डै डेढ करोड लागतमा निर्माण भएको छ । यो कार्यालयको तल्लो तलामा पांच वटा कोठा रहेका छन भने माथिल्लो तलामा दुई वटा कोठा छन् त्यस्तै एक सय बढी मानिस अट्ने एक वटा सभा हल निर्माण भएको छ । गगन निर्माण सेवाले यो भवनको निर्माण गरेको हो ।

No description available.

May be an image of 10 people, people studying, clarinet, violin and fluteMay be an image of 6 people

May be an image of 7 people, people studying and television

May be an image of 4 people, people studying and text

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्