दाङ – कच्ची बाटो पुगेको झन्डै दुई दशक पछि दाङ लमही नगरपालिका–९ स्थित रिहार–तेलिया सडकखण्ड कालोपत्रे हुन लागेको छ । खडेरीमा धुलो र वर्षायाममा हिलोको समस्या झेलेका त्यहाँका स्थानीयहरुले लामो समयपछि यस्तो समस्याबाट छुटकारा पाउने भएका हुन । असार मसान्त सकिनै लाग्दा कामले पनि तिब्रता पाएको छ ।
लमही नगरपालिका–९ को रिहार देखि तेलिया (वलीखुट्टी) सम्म सडक कालोपत्रे हुन् थालेपछि त्यहाँका स्थानीय खुशी भएका छन् । त्यस क्षेत्रमा कच्ची सडक पुगेको झन्डै एक दशक पछि सडक कालोपत्रे हुन लागेको हो । यो क्षेत्रमा सडक कालोपत्रे भएपछी झन्डै पच्चीस सय जनसंख्या लाभान्वित हुनेछन ।

सडक कालोपत्रे भएपछी लमही नगरपालिका–९ का तेलिया, जुरपानी, कोल्तरा, तरुलिया, राजपुर गाउँपालिका–७ का बनकट्टी, लैबरुवा, सिक्टा, राताकांश सम्मका स्थानीयलाई आवतजावतमा सहजता हुने राजपुर गाउँपालिका–७ राताकांशका स्थानीय सोभाराम विश्वकर्माले बताउनु भयो । कच्ची सडक हुँदा निकै सास्ती पाइयो, दुख बिमार पर्दा गाउँघरसम्म एम्बुलेन्स आउन सक्ने अवस्था थिएन, बाटो नहुँदा कतिले ज्यान गुमाउनु परेको उदाहरण पनि छन्, अब कालोपत्रे हुन लागेपछि हामी खुशी छौं’– विश्वकर्माले भन्नु भयो ।
यति मात्र हैन अब त्यस क्षेत्रमा किसानले उत्पादन गरेका कृषि सामाग्रीले पनि सहज तरिकाले बजार पाउने भएका छन । विद्यालय जाने बालबालिकालाई पनि सहज हुने भएको छ । देउखुरी क्षेत्रको मुख्य व्यापारीक केन्द्र लमही बजारबाट झन्डै ४० किलो मिटरको दुरीमा रहेका यी बस्तिहरुमा वर्षायाममा आवतजावत गर्न निकै समस्या हुने गर्दछ ।

कच्ची सडक भएकोले पनि स्थानीय रुटमा गुड्ने सवारी साधन जान मान्दैनन, तरुलिया, कोल्तरा, लैबरुवा, सिक्टा बनकट्टीबाट हिडेर रिहार पुग्नु पर्ने बाध्यता छ, अहिले अटो चल्छन तर भाडा महंगो छ”– लमही नगरपालिका–९ कोल्तराका स्थानीय ओम प्रकाश बस्नेतले भन्नु भयो । मोटरसाइकल हुनेहरु पनि वर्षायाममा बडो मुस्किलसंग हिड्ने गर्छन, बस ट्याक्सी त् झन् जाने कुरै भएन उहाँले भन्नु भयो । सडक कालोपत्रे हुन् लागेकोले अब आधा÷पौने घन्टामा रिहार लमही आउन सकिनेछ जसले गर्दा समयको समेत बचत हुनेछ स्थानीय बस्नेतले भन्नु भयो ।
संघिय सरकार र लमही नगरपालिकाको समपुरक वजेटबाट कालोपत्रेको काम भैरहेको लमही नगरपालिकाका इन्जिनिएर सौगात वलीले जानकारी दिनु भयो । २ करोड ८० लाख रुपैयाँ वजेट बाट २.५ किलोमिटर सडक कालोपत्रे हुनेछ । उज्वल निर्माण सेवाले यहि चालु आर्थिक वर्ष २०८० असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि सम्झौता गरेको इञ्जिनिएर वलीले बताउनु भयो । उहाँका अनुशार कालोपत्रे बाहेक त्यो सडकखण्डमा पक्की नाला, कल्भर्ट निर्माण हुनेछन भने आवश्यक परेका स्थानमा हुम्पाइप राखिने छ ।
पालिकाले पनि विकट क्षेत्रका ग्रामिण बस्तिलाई सडक संजालसंग जोड्ने कार्यलाई प्राथमिकतामा राखेको छ, वडा नम्बर १ र ९ मा सडकमा आउने वजेट क्रमागत भएकोले काम निरन्तर भईरहने छ’– उहाँले भन्नु भयो । नगरबासीले विकास भएको प्रत्यक्ष अनुभूति पाउने गरि हामीले योजनाका कामलाई सम्पन्न गर्ने गरेका छौं, कुनै वडामा पक्की पुल बनेका छन् भने कुनै वडामा भौतिक संरचना निर्माण गरेका छौं, कतै सडक कालोपत्रे गरेका छौं’– इञ्जिनिएर वलीले भन्नु भयो ।
२०७४ मा निर्वाचित भएर वडाको जिम्मेवारी सम्हालियो, त्यो बेला अन्य योजनालाई सम्पन्न गरौँ भन्ने तिर ध्यान गयो अहिले जनताको सेवा गर्ने भनेर दोस्रो पटक निर्वाचित भएर आएपछि मैले रिहार देखि सिमलसोताको (पुरानो बाटो) निकाल्ने गरेर सडक निर्माणको कामलाई प्राथमिकतामा राखेको छु’– वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीले भन्नु भयो ।
अहिले जुरपानी जाने बाटो देखि तेलिया (वलीखुट्टी) सम्म सडक कालोपत्रे हुँदैछ, थप वजेट पनि आएको छ उक्त वजेटबाट लैबरुवा जाने झोलुंगे पुला सम्म अप्ठ्यारा मोडहरु कटिंग गरिएको छ भने त्यो आसपासमा रहेका खोलाहरुमा कल्भर्ट, पक्की पुल र ह्युम पाइप हाल्ने योजना छ’– अध्यक्ष केसीले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्