लोकप्रिय सर्जक किरणबाबु पुनको “मेरी जुनकिरी’ गीत सार्वजनिक

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १५ असार २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – लोक सांगीतिक क्षेत्रमा स्थापित नाम हो किरणबाबु पुन । उनै सर्जक पुनले ‘मेरी जुनकिरी’ बोलको मर्मस्पर्शी गीत स्रोता माझ लिएर आउनु भएको छ । उहाँलाई अर्का चर्चित गायिका टिका पुनले साथ दिनु भएको छ । निकै नै कर्णप्रिय आवाजमा गीत बनेको छ ।

राजधानीको सामाखुसी स्थित बर्गर हाउसमा उक्त गीतका गायक, गायिका, अभिनेता, अभिनेत्री, निर्देशक, छायांकार लगायतका अन्य चर्चित कलाकारहरुको उपस्थितिमा औपचारिक रुपमा कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

गायक तथा सर्जक किरणबाबु पुनको उत्कृष्ट शब्दमा सुमधुर संगीत रहेको छ । कुमारसानु पुनले संगीत संयोजन गरेको सो गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सिर्जन बरालको निर्देशन रहेको उक्त गीतको भिडियोमा मोडल प्रेम थापा र चाहाना श्रेष्ठको अभिनय रहेको छ ।

राम केसीको छायांकन रहेको उक्त गीतको भिडियोलाई राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन् । बाग्लुङ जिल्लाको मनोरम ठाउँमा छायांकन गरिएको उक्त गीत किरणबाबु पुनको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो गीतको पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होस् ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्