लमहीको गोरखा स्कुलले रोप्यो २५ सय बिरुवा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २१ असार २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – लमहीको गोरखा मोडेल सेकेण्डरी स्कुलले वृक्षारोपण गरेको छ । विद्याललय क्षेत्रभित्र रहेको खालि जग्गामा वृक्षारोपण गर्दै वरपरको वातावरणलाई प्रदुषण हुनबाट जोगाउनका लागि वृक्षारोपण गरिएको प्राचार्य लोकमान रिजालले बताए ।

May be an image of 6 people, people studying, grass and text

ति बिरुवाहरु डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले उपलब्ध गराएको हो। वर, मसला, सागुन, सिसौ, जाबुन, गुलमोर, निम, साज, कपुर लगायतका प्रजातिका २५ सय विरुवाहरु विद्यालयको ६८ कठ्ठा जग्गामा रोपिएको छ ।

May be an image of 10 people, grass and tree

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले चुरे क्षेत्र नांगो भयो भने तराईको जंगल मरभूमि हुने, तराईको जमिनको उत्पादनशीलता घट्ने र चुरेपहाडको संरक्षण नहुने भएकोले चुरेका नांगो डाँडा हरियो बनाउन आवश्यक रहेको बताए ।

डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका डिभिजनल अधिकृत राजु क्षेत्रीले सिङ्गो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्कालाई प्रभाव पारिरहेको बताए।

May be an image of 6 people, tree and text

गोरखा ग्रुपका उपाध्यक्ष विष्णु घर्तीको अध्यक्षता एवम् डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका डिभिजनल अधिकृत राजु क्षेत्रीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा संचालक समितिका सदस्य बालकृष्ण रोका लगायतले बोलेका थिए । कार्यक्रममको सहजीकरण विद्यालयका शिक्षक खेमराज कोइरालाले गरेका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्