जिप्रका धनुषामा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सुरक्षा अधिकृतहरुलाई कार्यालयले एक कार्यक्रमको आयोजना गरि बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।

सफल कार्यकाल पश्चात सरुवा भई जान लाग्नु भएका कार्यालयमा कार्यरत प्र.नि. दिनेश अधिकारी, प्र.नि. सुरेन्द्र श्रेष्ठ तथा मातहत ई.प्र.का. धनुषाधामा कार्यरत प्र.नि. राजेन्द्र प्रसाद यादव, ई.प्र.का. सबैलामा कार्यरत प्र.नि. रामकृष्ण देवकोटा, ई.प्र.का. ढल्केवरमा कार्यरत प्र.नि. कबिन राईलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काद्वारा विदाई गरिएको हो ।

जिप्रका धनुषाका प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमलगायत सि.प्र.अ.,जु.प्र.अ. तथा प्र.ब.ह. देखि प्र.ज. सम्मका प्रहरी कर्मचारीहरुको उपस्थितमा सफल कार्यकालको शुभकामना सहित कार्यालय प्रमुखद्वारा मायाको चिनो प्रदान गर्दै बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

May be an image of 2 people and text

May be an image of 5 people and text

May be an image of 2 people

May be an image of 2 people

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्