विपतका बेला आवश्यकता केहो पहिचान गर्न सक्नु पर्छ – सांसद न्यौपाने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १३ पुष २०८०, शुक्रबार
3 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका सांसद प्रचण्ड विक्रम न्यौपानेले विपतका बेला पिडितलाई आवश्यकता केहो भनेर बुझ्न जरुरी रहेको बताउनु भयो ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले लमहीमा आयोजना गरेको विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यको स्थानीयकरणका लागि लुम्बिनी प्रदेशस्तरिय बहु-सरोकार वालाविच कार्यशाला कार्यक्रममा बोल्दै सांसद न्यौपानेले तिनै तहका सरकारले वजेट विनियोजन गर्दा समयको पनि ख्याल गरेर वजेट ल्याउन सके विपतका जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनु भयो । विपतका लागि लुम्बिनी प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।

त्यसैगरी लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपतका बेला नगरपालिकाले धेरै महत्वपूर्ण काम गरेको बताउनु भयो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले लमहीमा आयोजना गरेको विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यको स्थानीयकरणका लागि लुम्बिनी प्रदेशस्तरिय बहु-सरोकार वालाविच कार्यशाला कार्यक्रममा बोल्दै प्रमुख चौधरी स्थानीय सरकारले विपतका बेला आफुसंग भएका सिमित स्रोत साधन प्रयोग गरि उद्दारका कार्य गर्दै आएको बताउनु भयो।

विपत जतिबेला पनि आउन सक्ने भन्दै नगर प्रमुख चौधरीले विपतका बेला उद्दार तथा राहत कार्यमा प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो। राप्ती नदीमा फसेका, डुबेका, सडक अबरुद्द भएर अलपत्र परेका मानिसलाई लमही नगरपालिकाले उद्दार गरि गन्तव्यमा पुर्याएको कुरालाई स्मरण गर्दै उहाँले उद्दारका सामाग्री प्रयाप्त नभएको बताउनु भयो । ‘चाहे त्यो हिउँद होस् चाहे वर्खाको समय होस्, हाम्रो विपत शाखा हाई अलर्टमा रहेको हुन्छ, हरेक वडामा विपत समिति समेत गठन गरेका छौं, ति समितिका प्रतिनिधि संग हामीले कहाँ के भैरहेको छ भन्ने बारे सूचना लिई रहेका हुन्छौं’- प्रमुख चौधरीले भन्नु भयो ।

लमही घोराही सडकमा पहिरो गैर अबरुद्द भएका बेला रातिसम्म नगरपालिकाको जेसिवी प्रयोग गरेर बाटो सुचारु गराउने देखि लिएर राहत उपलब्ध गराउनेमा पनि लमही नगरपालिकाले उल्लेखनिय काम गरेको प्रमुख चौधरीले बताउनु भयो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतम रेग्मीको अध्यक्षता, लुम्बिनी प्रदेशका सांसद प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रदीप मज्गैयाँले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव केपी घिमिरेले सहजीकरण गर्नु भएको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेश गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले विपतको समयमा पुर्व तयारीको क्षेत्र निकै शसक्त हुन् आवश्यस्क रहेको बताउनु भयो। अझै पनि हाम्रो देशमा पुर्व तयारीको पाटो धेरै कम्जोर छ, यो कुरामा ध्यान दिन जरुरी छ भने व्यवस्थापनको पक्ष पनि उस्तै छ यो बारेमा सबैले ध्यान दिन जारी छ’- उहाँले भन्नु भयो ।

कार्यक्रममा निड्स नेपाल कंचनपुरका बिनोद कदरा, केयर नेपालका मान बहादुर डाँगी, वि ग्रुप बाँकेका अध्यक्ष टेक बहादुर पुन लगायतले विपतका बारेमा जानकारी गराउनु भएको थियो । देउखुरीका चार वटा पालिकाका प्रमुख, उपप्रमुख, विपत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मानविय सहायता साझेदारी मन्चको आयोजना र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको समन्वयमा कार्यक्रम भएको हो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्