‘उर्लेका छन् बैशका छालहरु
बढेका छन् लालुमै धड्कनका चालहरु’
यो मनमा फुल कैले फ़ुलाउछ्यौ
हुन्छ भने हुन्छ भन हुन्न भने नाइँ भन व्यर्थै मलाई किन भुलाउछ्यौ
दाङ – यो गीतका गायक हुनुहुन्छ चोलेन्द्र पौडेल । यसै गीतका गायक चोलेन्द्र पौडेल, आज लमही महोत्सवमा प्रस्तुति दिन दाङको लमही आईपुग्नु भएको छ । मेला महोत्सवको समय भएकाले यतिबेला गायक पौडेललाई भ्याई नभ्याई रहेको छ । आज लमही महोत्सव सके लगत्तै धादिङ्ग महोत्सवमा जाने कार्यक्रम छ ।
सरस्वती लामिछानेको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको ‘हुन्छ भने हुन्छ भन’ बोलको गीतले युटुबमा राम्रै भ्युज बटुल्दै गएको छ । यो गीतमा गायक पौडेललाई गायिका सरस्वती लामिछानेले साथ् दिनु भएको छ । गायक पौडेलको शब्द संगीत रहेको यस गीतमा सुनिल परियारको एरेन्ज रहेको छ भने गीतको थेगो खेम अन्जानको रहेको छ । यस गीतमा अर्जुन सापकोटा र निता ढुंगानाको अभिनय गर्नु भएको छ ।
कास्की पोखरा-२० भलाम निवासी गायक चोलेन्द्र पौडेलले ‘हुन्छ भने हुन्छ भन, चड्यो चड्यो जवानी, पानी मुनि मुनि, काली मन पर्छ, अलि अलि रङ छ, जाम झोला बोकेर, अबत मै सानू रैन, सेती माथी पुल, सौता सौता, पन्चेबाजा, सालैजो, रोइला, तिज गित लगायत सैयौ गीतमा आवाज दिई सक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्